लन्डन । बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ जसले लन्डन र क्यानबेरा बीचको ब्रेक्जिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ।
“बेलायतले अष्ट्रेलियासँग ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । इयु छाडेपछिको हाम्रो पहिलो, डिजिटल र सेवाहरूमा नयाँ विश्वव्यापी मापदण्डहरू नयार गर्ने र बेलायत र अस्ट्रेलियाका लागि नयाँ काम र यात्रा अवसरहरू सिर्जना गर्ने यसको उद्देश्य हो,” विभागले विज्ञप्तिमार्फत जनाएको छ । जुन महिनामा दुई देशका प्रधानमन्त्रीबीच सम्झौताका लागि सहमति भएको थियो र दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकेको छ।
“अन्तर्राष्ट्रिय व्यापार सचिव एनी-मारी ट्रेभल्यानले बिहीबार राति भर्चुअल समारोहमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेर अब संसद्मा प्रस्तुत गरिने विज्ञप्तिमा जनाएकी छन् ।
बेलायतले २०२० मा युरोपेली संघबाट बाहिरिने प्रक्रिया पूरा गरी अब अन्य देशहरूसँगको व्यापारिक सम्बन्धलाई नयाँ आकार दिइरहेको छ।
नयाँ सम्झौताले बेलायत-अष्ट्रेलियाको व्यापारलाई करिब १०.४ बिलियन पाउण्डले वृद्धि गर्ने र बेलायतको निर्यातमा लाग्ने शुल्कलाई पूर्ण रूपमा हटाउने अपेक्षा गरिएको छ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ