लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके शाखाकी अध्यक्ष प्रमिला लाबुङ राईलाई पितृशोक परेको छ ।
लाबुङका पिता बलबहादुर लिम्बू (लावुङ) को ८० वर्षको उमेरमा बुधबार नेपालमा निधन भएको हो ।
पछिल्लो केही समयदेखि अस्वस्थ रहेका स्वर्गीय लावुङको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
ईलामको सूर्योदय नगरपालिका समालबुङका स्थायी बासिन्दा लाबुङको श्रीमती, तीन छोरा र पाँच छोरी छन् ।
यसैबीच, स्वर्गीय लावुङको निधनप्रति नेपाल पत्रकार महासंघ बेलायत शाखाले दु:ख व्यक्त गरेको छ । लाबुङ नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाकी उपाध्यक्ष समेत हुन्। शाखाका महासचिव नरेन्द्र बस्नेतले विहीबार एक शोक वक्तव्य जारी गर्दै लावुङको निधनमा शाखाका तर्फबाट दु:ख जनाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने