काठमाडौँ । रक्षामन्त्री डा मीनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गर्नुभएको हो ।
राजिनामा बुझाएपछि उहाँले अहिले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ ।
यसअघि उहाँले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै रक्षामन्त्रीबाट राजिनामा दिने घोषणा गर्नुभएको हो । “नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजिनामा दिने निर्णय लिएको छु अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजिनामा पेश गर्नेछु”, नेपाली कांग्रेसका नेता डा रिजालले पोष्टमा भन्नुभएको छ ।
कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दिनुभएका डा रिजालले मतगणनको प्रारम्भिक नतिजा आएलगत्तै राजिनामा दिने निर्णय गर्नुभएको हो । कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?