काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा दोस्रोपटक निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न पार्टीका नेताका साथै आफ्नै पार्टीका वरिष्ठ नेताले बधाई दिएका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वचित हुनुभएका शेरबहादुर देउवालाई हार्दिक बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
नेता पौडेलले आज दिनुभएको बधाई सन्देशमा सबैलाई समेटेर सशक्त र एकतावद्ध काँग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने नै छ भन्दै लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ । सन्देशमा भनिएको छ, ‘‘एकातिर सात दशक लामो सङ्घर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भैसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुबै सङ्कटबाट देशलाई पार लगाउनका लागि एकतावद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो ।”
यसैगरी सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसको सभापति पदमा पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।
उहाँले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो ।
यसैगरी अर्का सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।
अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?