काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापतिका लागि मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा पहिलोचरणमा भन्दा कम मत खसेको छ । सोमबार भएको पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो भने मंगलबार भएको दोस्रो चरणको मतदानमा ४ हजार ५ सय ६२ मत मात्र खसेको छ ।
दोस्रोचरणमा पहिलो चरणमा भन्दा ११७ मत कम खसेको छ ।
पहिलो चरणको मतदानमा कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान गर्नुपरेको हो ।
अब चाँडै नै मत गणना शुरु गरिने र रातभरमा मतपरिणाम आउने आशा गरिएको छ ।
उता अन्य पदाधिकारी तथा सदस्यहरुको मत गणना भने बिहीबारबाट मात्र शुरु गरिने बताइएको छ ।
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा