काठमाडौँ । भोलिदेखि शुरु हुन लागेको हिउँदे संसद अधिवेसनमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा हुनसक्ने छलफललाई लक्षीत गरी चीनले राजनीतिक दलका नेताहरुसित छलफल तीव्र बनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले यसक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसित कुराकानी गरिसकेको छ ।
यसैक्रममा सोमबार नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलसँग अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन चाओले भिडियो वार्ता गरेका छन्। उपमन्त्री चेनचाओले पोखरेललाई एमालेको महासचिवको पदभार ग्रहण गरेकोमा बधाई दिँदै दुई पार्टीबीचका अन्तरसम्बन्धित विचारहरूलाई उनको कार्यकालमा अझ बढी बलियो बनाउँदै लैजाने आशा व्यक्त गरे ।
महासचिव पोखरेलले एमालेको १०औँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी गराउँदै चिनियाँ कम्युनिष्ट पार्टी र एमालेबीच पुरानो सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउने बताए ।
उपमन्त्री चाओले यही मङ्सिर २८ गते नेपालमा संसद् बस्न लागेको र बैठकमा एमसीसी र अन्य प्रस्तावमा पुर्नविचार गर्नका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने