काठमााडौँ । नेपाली कांग्रेसको चौधौँ महाधिवेसनमा नयाँ नेतृत्वका लागि छ जनाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
सभापतिमा उम्मेदवारी दिनेहरुमा वर्तमान सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखर कोइराला, कल्याण गुरुङ, युवराज न्यौपाने रहेका छन् ।
सभापतिको चर्चामा रहेका रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएका छन् भने अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले देउवालाई समर्थन गरेका छन् ।
देउवाको टीम
प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
संस्थापन प्यानलमा उपसभापतिको उम्मेदवारमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का छन् । महामन्त्रीमा डा.प्रकाशशरण महत र प्रदीप पौडेल छन् । पौडेल सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका हुन् ।
संस्थापन समूहबाट आठजनाको टुंगो लागेको छ । जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही उम्मेदवार बनेका छन् ।
डा शेखरको टीम
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि डा.शेखर कोइरालाले सभापतिमा मनोनयन दर्ता गराएका छन् । कोइरालाले युवा पुस्ताका नेताहरूलाई टिममा राखेर प्यानल खडा गरेका छन् ।
शेखरको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र डा.मिनेन्द्र रिजाल, सहमहामन्त्रीमा बद्री पाण्डे, रामकृष्ण यादव, कमला पन्त, जीवन परियार, देवराज चालिसे, विकास लामा, तेजुलाल चौधरी र शेख वकिल समेटिएका छन् ।
प्रकाशमानको टीम
प्रकाशमान सिंहको टीमबाट उपसभापतिमा सुजाता कोइराला र महेश आचार्यले उम्मेदवारी दिएकी छिन् भने महामन्त्रीमा विश्वप्रकाश शर्माले मनोनयन गरेका छन् । उनको बाँकी टीम बन्न बाँकी छ ।
विमलेन्द्रको टीम
विमलेन्द्र निधिको टीमबाट हालसम्म उपसभापतिमा दिव्यश्वरी शाह र महामन्त्रीमा डा राजाराम कार्की मात्र खुलेको पाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]