काठमाडौं । कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले जनतासँग वाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बाहना नरहेको बताएका छन् ।
आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको बताए ।
‘हामीले जनआन्दोलनपछि ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठिक हुन्छ भन्यौँ,’ उनले भने, ‘तर, अहिले अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’
पाँच वर्ष कम्युनिष्टले सरकार चलाउने र जनताको पक्षमा काम गर्ने विश्वास गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई शुभकामना दिएको भन्दै उनले तर, त्यसअनुसार काम नहुँदा जनतालाई दिने जवाफ नभएको र जनता पनि निराश भएका बताए ।
‘पार्टी पुनर्जागरण र रुपान्तरण’ नारा दिएका नेता थापाले अब कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताए । कांग्रेसको सदस्य हुनु र चुनाव जित्नु भन्दा पनि संकल्पसहित काम गर्न दृढता आवश्यक पर्ने भन्दै उनले आफूले काम गर्नकै लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए ।
कांग्रेसको महामन्त्री भनेको कुर्सीमा बस्नेमात्र होइन पार्टीको नीतिअनुसार काम गर्ने व्यक्ति रहेको भन्दै नेता थापाले प्रत्येक नेपालीसँगको क्षमता प्रयोग गर्न शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्नुपर्ने बताए ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?