लण्डन । बेइजिङमा हुन लागेकाे हिउँदे ओलम्पिकलाई बेलायतले पनि कुटनीतिक बहिस्कार गर्ने भएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार बेलायती संसदमा सो कुराको जानकारी गराएका हुन् ।
चीनमा मानवअधिकार उल्लंघनका घटनाका कारण बेलायतका कुनै पनि मन्त्रीले बेइजिङ ओलम्पिकका समारोहमा भाग नलिने उनले स्पष्ट पारेका छन् ।
पछिल्ला समयमा चीन र पश्चिमी देशहरुबीच सम्बन्ध चिसिएको छ । जसका कारण अमेरिका र अष्ट्रेलियाले पनि बेइजिङ ओलम्पिकमा मन्त्रीहरु नपठाउने निर्णय गरिसकेका छन् । उनीहरुले बेइजिङ ओलम्पिकको ‘कुटनीतिक बहिस्कार’ भन्दै खेलाडीहरुले ओलम्पिकमा भाग लिने तर सरकारी अधिकारीहरुले भाग नलिने बताएका छन् ।
बेलायत, अमेरिका र अष्ट्रेलिया पछिल्ला दिनमा चीनलाई नियन्त्रणमा लिनका लागि ओकास नामक सम्झौतामा सहकार्यमा पनि छन् ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश