काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिवशंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा पाँच सय १३ मत प्राप्त गरी विजयी भएका हुन् । मंगलबार सर्लाही ४ काे गोडैता नगरपालिका-५ स्थित एक विद्यालयमा अधिवेशन सम्पन्न भएकाे थियाे ।
उनी बरहथवा नगरपालिका-१५ निवासी हुन् । दोस्रोपटक सर्लाहीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाताप्रति आभार व्यक्त गरे । उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रूपमा बुझ्न आग्रह गरे ।
‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिस्पर्धा गर्छौं । तर, नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्’ रिजालले भने । उनले १४औं महाधिवेशनमा युवासँगै धेरै कलाकर्मी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताए । ‘हामी कलाकारले अब हाम्रो आवाज पार्टीमा अझै बुलन्द रूपमा राख्न सक्छौ । यसबाट कलाकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाहरूलाई अवश्य टेवा पुग्ने छ’ उनले भने । नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका रिजाल सर्लाही क्षेत्र नम्बर ४ बाट क्रियाशील सदस्य छन् ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार