लण्डन । बेलायती राजकुमार ह्यारीले गोरखा भर्तीको २०० वर्षको अवसरमा आयोजना गरिने समारोहमा पूर्व सहकर्मी गोरखाहरुसित भेटघाट गर्ने भएका छन् ।
राजकुमार ह्यारीलाई उद्धृत गर्दै आज बेलायतको प्रतिष्ठित पत्रिका द टेलिग्राफको अनलाइनले उनी अफगानिस्तानमा सँगै काम गरेका गोरखाहरुसित पुनर्मिलनमा सरिक हुने उल्लेख गरेको छ ।
राजकुमार ह्यारीले गोरखाहरुसित सन् २००७/८ मा अफगानिस्तानमा सँगसँगै काम गरेका थिए । अफगानिस्तानको हेल्मण्ड प्रान्त सम्हालेको गोरखा पल्टनमा उनको भूमिका एअर कन्ट्रोलरको थियो ।
गोरखाहरु बेलायती सेनामा प्रवेश गरेको २०० वर्ष पुगेको अवसरमा हुने सो समारोह यही जुनमा हुँदैछ ।
सो समारोहमा बेलायती महारानी, उनका पति ड्युक अफ एडिनवरा र युवराज चार्ल्स पनि सरिक हुने बताइएको छ ।
राजकुमार ह्यारीले गोरखाहरुसित बिताएको त्यतिबेला दुई महिना जीवनकै केही सुखद क्षणहरुमध्ये एक भएको बताउने गरेका छन् । उनले गोरखाहरुको साथमा रहनु जतिको सुरक्षित स्थान कतै नभएको बताएका थिए ।
राजकुमार ह्यारीसितै अफगानिस्तानमा काम गरेका र पछि कन्स्पिसियस गालान्ट्री क्रस (सिजिसी) पदक समेत पाएका सार्जेन्ट दीपप्रसाद पुन राजकुमार ह्यारीसित काम गर्न पाउनु अहोभाग्य भएको बताउँछन् ।
उनले सबै गोरखाहरु राजकुमार ह्यारीसित हुने भेटको प्रतीक्षामा रहेको प्रतिक्रिया दिए ।
सन् १८१४ देखि बेलायती सेनामा गोरखाहरु सेवारत छन् । अंग्रेज-नेपाल युद्धका क्रममा गोरखाहरुको लडाकु र निडरपनबाट अंग्रेज अफिसरहरु प्रभावित भएपछि युद्धविराम गरी गोरखाहरुलाई आफ्नो सेनामा भर्ती गरेको बताइन्छ ।
त्यसयता बेलायतले भाग लिएको सबै लडाइँहरुमा भाग लिएका गोरखाहरुले १३ वटा भिक्टोरिया क्रस जितेका छन् ।
अहिले बेलायती सेनामा करिब ३ हजार गोरखाहरु सेवारत छन् । सेनामा गर्न लागिएको सुधारका क्रममा हाल दुई बटालियनमा रहेका गोरखाहरुलाई एक बटालियनमा झार्ने चर्चा पनि चल्दै छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य