लण्डन । बेलायती राजकुमार ह्यारीले गोरखा भर्तीको २०० वर्षको अवसरमा आयोजना गरिने समारोहमा पूर्व सहकर्मी गोरखाहरुसित भेटघाट गर्ने भएका छन् ।
राजकुमार ह्यारीलाई उद्धृत गर्दै आज बेलायतको प्रतिष्ठित पत्रिका द टेलिग्राफको अनलाइनले उनी अफगानिस्तानमा सँगै काम गरेका गोरखाहरुसित पुनर्मिलनमा सरिक हुने उल्लेख गरेको छ ।
राजकुमार ह्यारीले गोरखाहरुसित सन् २००७/८ मा अफगानिस्तानमा सँगसँगै काम गरेका थिए । अफगानिस्तानको हेल्मण्ड प्रान्त सम्हालेको गोरखा पल्टनमा उनको भूमिका एअर कन्ट्रोलरको थियो ।
गोरखाहरु बेलायती सेनामा प्रवेश गरेको २०० वर्ष पुगेको अवसरमा हुने सो समारोह यही जुनमा हुँदैछ ।
सो समारोहमा बेलायती महारानी, उनका पति ड्युक अफ एडिनवरा र युवराज चार्ल्स पनि सरिक हुने बताइएको छ ।
राजकुमार ह्यारीले गोरखाहरुसित बिताएको त्यतिबेला दुई महिना जीवनकै केही सुखद क्षणहरुमध्ये एक भएको बताउने गरेका छन् । उनले गोरखाहरुको साथमा रहनु जतिको सुरक्षित स्थान कतै नभएको बताएका थिए ।
राजकुमार ह्यारीसितै अफगानिस्तानमा काम गरेका र पछि कन्स्पिसियस गालान्ट्री क्रस (सिजिसी) पदक समेत पाएका सार्जेन्ट दीपप्रसाद पुन राजकुमार ह्यारीसित काम गर्न पाउनु अहोभाग्य भएको बताउँछन् ।
उनले सबै गोरखाहरु राजकुमार ह्यारीसित हुने भेटको प्रतीक्षामा रहेको प्रतिक्रिया दिए ।
सन् १८१४ देखि बेलायती सेनामा गोरखाहरु सेवारत छन् । अंग्रेज-नेपाल युद्धका क्रममा गोरखाहरुको लडाकु र निडरपनबाट अंग्रेज अफिसरहरु प्रभावित भएपछि युद्धविराम गरी गोरखाहरुलाई आफ्नो सेनामा भर्ती गरेको बताइन्छ ।
त्यसयता बेलायतले भाग लिएको सबै लडाइँहरुमा भाग लिएका गोरखाहरुले १३ वटा भिक्टोरिया क्रस जितेका छन् ।
अहिले बेलायती सेनामा करिब ३ हजार गोरखाहरु सेवारत छन् । सेनामा गर्न लागिएको सुधारका क्रममा हाल दुई बटालियनमा रहेका गोरखाहरुलाई एक बटालियनमा झार्ने चर्चा पनि चल्दै छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने