काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवार नायिका रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् । महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी थापाले चार बर्ष अवधिमा पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा खुसी ब्यक्त गरेकी हुन् ।
‘कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ,’ थापाले भनिन्, ‘म चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेको हुँ तै पनि मलाई उल्लेख्य मत आएको देख्दा व्यक्तिगत रुपमा म प्रसन्न छु ।’ राप्रपा एकता महाधिवेसनमा मत प्रकट गर्ने सबैलाई थापाले धन्यवादसमेत दिएकी छन् ।
शाहीले २ हजार ८ मत ल्याउँदा थापा भने ३ सय ६८ मतले पछि पर्दै १ हजार ६ सय ४० मत सीमित भएकी थिइन । अध्यक्षको अर्का प्रत्यासी कमल थापा पराजित भएको राप्रपा महाधिवेशनमा रेखा विजयी लिङ्देन समूहबाट महिला महामन्त्रीको उम्मेदवारी थिइन् ।
चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेकी अभिनेत्रीसमेत रहेकी शाहीलाई थापाले बधाई ज्ञापनसमेत गरेकी छन् । ‘चुनावी प्रतिस्पर्धामा जे–जे भए पनि कुन्तीजीलाई मेरोतर्फवाट विजयी हुनु भएको बधाई भन्न चाहन्छु,’ थापाले आगामी योजनाबारे भनिन्, ‘अब म राप्रपामा आबद्ध सबैको मन जित्ने कोसिसमा लाग्नेछु, अब पार्टीलाई झन् सशक्त बनाउने मेरो प्रयास हुनेछ ।’
थापाको बुझाई राप्रपा महाधिवेशनमा आफुलाई ‘गणतन्त्रवादी’ भनेर महाधिवेशनस्थलमा प्रचार गरिएका कारण पनि पराजित हुनु परेको हो । ‘म नेपालवादी भनेर मत मागिरहे । तर अधिवेशनभर केहीले मलाई गणतन्त्रवादी भनेर प्रचारबाजी गर्दा पनि मेरो पराजय भएको हो कि भन्ने मेरो बुझाई छ,’ उनले भनिन् । नेपाल र नेपाली जनताका लागि आफू सदैव जीवन अर्पित गर्न तयार भएर अभिनयबाट राजनीतिमा प्रवेश गरेको थापाको भनाइ छ ।
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन