ललितपुर । ललितपुर महानगरपालिका–१६ पटको टोलबाट विसं २०४२ मा हराएको लक्ष्मीनारायणको मूर्ति आज प्रतिस्थापन गरिएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी तथा पाटन दरबार सङ्ग्रहालयका पदाधिकारी तथा नेपाल सम्पदा पुनःजागरण अभियानका सदस्य तथा ललितपुर महानगरपालिकाका जनप्रतिनिधि एवं जनताको सहभागितामा उक्त काम सम्पन्न गरिएको हो ।
राजदूत बेरीले ललितपुरको सम्पत्ति सोही समुदायमै फर्काउन पाउँदा निकै गौरवान्वित महसुस गरिरहेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “अझै भेटिएका यस्ता वस्तुलाई पुनः फर्काउनेछौँ ।”
पुनःजागरण अभियानका उपाध्यक्ष कनकमणि दीक्षितले सो मूर्ति आज मन्दिरमा प्रतिस्थापन गरिनु नै पटको टोलका जनताको उत्कृष्ट र उत्साहजनक सहयोग तथा चासोको विषय रहेकामा प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “यस मूर्तिलाई फर्काउन अमेरिकी नागरिक महिला जोयलिन डेभिस तथा एरिन टम्सन र अर्का व्यक्ति युग्रेन शिकको ठूलो हात रहेको छ ।”
पटको टोल सुधार समितिका अध्यक्ष वदनज्वालानन्द राजोपाध्यायले विगत विसं १९८४ मा हराएको मूर्ति फेरि चोरी हुनसक्ने कुरालाई ध्यानमा राखी आफूहरुले सिसीटिभी र साइरन तथा लेजर प्रविधिको समेत व्यवस्था मन्दिर हातामा गरेकोे बताउनुभयो ।
हनुमानढोका दरबार हेरचाह अड्डा कार्यालय प्रमुख सन्दीप खनालले सो मन्दिर एक तहको पेटीमा दुईतले शैलीको पश्चिमाभिमुख रहनाका साथै सोको प्रवेशद्वारको चौकोस पनि एकदम कलात्मक रहेको बताउनुभयो । उक्त मन्दिर बाहिर ढोकामा छत्र भएको गरुड अनि मध्यभागमा नारायण मूर्तिसहित विभिन्न देवगणले भरिएको तोरणसमेत देख्न पाइन्छ ।
स्थानीयवासी विमललाल श्रेष्ठका अनुसार सो नारायण मन्दिरमा वर्षको एकपटक हरेक निर्जला एकादशीका दिन ‘नारायण गुठी’ का मानिसले गुठी चलाउनेसमेत गरेका बताउनुभयो । उक्त कार्यक्रममा सो लक्ष्मीनारायण मूर्ति १२आँै शताब्दीको लिच्छिविकालमा निर्माण हुनाका साथै मन्दिर भने मल्लकालीन समयमा बनेको बताइएको छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने