काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनको आज शुभारम्भ गर्नुभएको छ ।
विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीले मनोमानीरूपमा ग्राहकसँग लिँदै आएको पैसा रोक्न मन्त्री आलेले विमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सवा सुरु गर्नुभएको हो । विमानस्थलमा यात्रु बोक्ने ट्याक्सीबाट ग्राहक ठगिएको गुनासो बढेपछि गोल्डेनगेट तथा उक्त गेटबाट आन्तरिक टर्मिनलभित्र यात्रु बोक्नका लागि उक्त बस सेवा सञ्चालन गरिएको हो ।
सेवा शुभारम्भ गर्दै मन्त्री आलेले स्वयं यात्रुवाहक माइक्रोबसमा बसेर यात्रा गर्नुभएको थियो । उहाँले यात्रुसँगै माइक्रोबसमा बसेर विमानस्थलको गोल्डेनगेटसम्मको यात्रा गर्नुभएको हो । उक्त बस सेवा विमानस्थलको आन्तरिक हवाइसेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । निःशुल्क बस सेवासँगै वैदेशिक रोजगारमा जाने तथा विदेशबाट आउने श्रमिकका लागि विमानस्थलमा विश्रामस्थलको पनि व्यवस्था गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त निःशुल्क बस सेवा सञ्चालन गरेको हो । निःशुल्क बस सेवा सञ्चालन भएपछि यात्रुलाई सहज भएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार