काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ ।
गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेपछि उहाँको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहनुभएकी नेता पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो । विशेष गरी अमलपित्त बिग्रिएका कारण वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या देखिएका थिए ।
उपचारमा संलग्न चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने जानकारी दिएको नेता पुनका पूर्वस्वकीय सचिव तथा माओवादीका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिनुभयो ।
नेता पुन गत असोज १३ गते उपचारका लागि बैंकक जानुभएको थियो । नेपालमा ललितपुरस्थित सुमेरू अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराउनुभएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने