केही दिनअघि वीनेपालीमा समाचार प्रकाशित भएपछि वीनेपालीलाई एक पत्र पठाइ लण्डनस्थित विदेशी मुद्राको कारोबार गर्ने सो कम्पनीले त्यस्तो जनाएको हो।
वीनेपालीलाई पठाइएको एक वक्तव्यमा लण्डनमा मुख्यालय रहेको सिडब्लुएम एफएक्स् नामक उक्त कम्पनीले आफूले सिडब्लुएम गोर्खा फण्ड स्थापना गरेको स्वीकारेको छ। तर, सो फण्डको नाममा गोर्खालीहरुबाट ठूलो रकम उठाइ ठगी गर्ने उद्देश्य राखेको भन्ने आरोपहरुको भने उसले खण्डन गरेको छ। उसले आफ्ना गोर्खाली ग्राहकहरुले आफ्नो कम्पनीको कारोबारका बारे कुनै गुनासो नगरेको दावी पनि गरेको छ।
गत मार्च ३ तारिखमा आर्थिक अपराध संबन्धमा छानबिन गर्ने सिटी अफ लण्डनका प्रहरीले सिडब्लुएम एफएक्स् कम्पनीमा छापा मारी उसका १३ जना कर्मचारीहरुलाई पक्राउ गरेका थिए। उनीहरुलाई धरौटीमा रिहा गरिएको पनि सो कम्पनीले जनाएको छ।
“सिडब्लुएम एफएक्स् थुप्रै सम्मानित कम्पनीहरु सदस्य रहेको एउटा दरिलो विश्वव्यापी ब्राण्ड हो। त्यसैले प्रहरी कारवाहीबाट हाम्रा ग्राहक र स्टाफमा अनावश्यक आशंका पैदा हुनसक्ने तर्फ हामी चिन्तित छौं,” वक्तव्यमा कम्पनीले भनेको छ।
यसअघि लण्डनबाट प्रकाशित हुने प्रतिष्ठित दि टाइम्स समाचारपत्रले उक्त कम्पनीले सिडब्लुएम नेपाल फण्ड तथा सिडब्लुएम गोर्खा फण्ड स्थापना गरी भूतपूर्व गोर्खाहरुबाट ठूलै रकम संकलन गरेको जनाएको थियो।
सो कम्पनीले प्रति महिना ५ प्रतिशत (वार्षिक ६० प्रतिशत) को दरले व्याज दिने भनि पैसा उठाएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ।
ब्रिटिश बैंकहरुले वार्षिक चार वा पाँच प्रतिशत मात्रै व्याज दिने गरेका बेला ६० प्रतिशत सम्म व्याज दिन्छु भन्दै रकम संकलन गरिरहेको आशंकामा प्रहरीले छापा मारेको जानकारहरु बताउँछन्।
भूपू गोर्खाहरुबाट के आधारमा कति पैसा उठाएको हो र उनीहरुबाट उठाएको रकम कुन क्षेत्रमा लगानी गरिएको छ भन्ने चाहिं वक्तव्यमा खुलाइएको छैन् ।
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने