काठमाडौँ। आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली सङ्घले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक यहाँ प्रारम्भ भएको छ ।
बैठकमा नेपाल–युरोपेली सङ्घबीचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका प्रगतिको समीक्षा, समसामयिक राजनीतिक परिस्थिति, सामाजिक–आर्थिक विकासमा साझेदारी जलवायु परिवर्तनलगायत आपसी हितका क्षेत्रीय र बहुपक्षीय मामिलाका विविध विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकको सहअध्यक्षता नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नुभएको छ भने सङ्घको नेतृत्व एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गर्नुभएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुहुन्छ ।
सङ्घको प्रतिनिधिमण्डलमा टोली नेता पम्पालोनीसँगै ब्रसेल्सबाट आउनुभएका दुई उच्च अधिकारी, यहाँस्थित सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेज तथा उहाँका सहयोगीलगायत हुनुहुन्छ ।
कोभिड–१९ का कारण आयोगको १२औँ बैठक भर्चुअल माध्यमबाट गत वर्ष भएको थियो । प्रारम्भमा हरेक दुई वर्षमा काठमाडौँ र ब्रसेल्समा आलोपालो आयोजना गर्ने निर्धारण भएको उक्त बैठक विगत पाँच वर्षदेखि वर्षेनी हुँदै आएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार