काठमाडौँ । नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सहमतिनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिने छन् । यी दुईमध्ये एक देशमा खोप लगाएको प्रमाणपत्र देखाएमा एक अर्का देशमा आवतजावत गर्न पाइने भएकोे हो ।
सो कार्यक्रममा सचिव डा पोखरेलले एक अर्का देशले खोप लगाएको प्रमाणपत्रको मान्यता दिएसँगै आवतजावतमा सहज हुने बताउनुभयो ।
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी