काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दलको चुनावमा उम्मेदवार बनेका पत्रकारको सदस्यता खारेज गर्नसक्ने चेतावनी दिएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दे महासङ्घले पत्रकार आचारसंहिता, स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई ख्याल गर्न आग्रह गर्दै यस्तो चेतावनी दिएको हो ।
‘राजनीतिक दल वा भातृ सङगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा सङ्गठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासङ्घ आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
महासङ्घको विधान २०६० (पाँचौँ संशोधन) ले प्रष्ट रूपमा ‘महासङ्घका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको तर्फ महासङ्घले गम्भीर ध्यानाकर्षण गराएको छ ।
महासङ्घले विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्य विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आबद्ध बनेकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
‘प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासङ्घ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको छ’, विज्ञप्तिमा थप भनिएको छ ।
महासङ्घका महासचिव रोशन पुरीले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित तीन वर्षे कार्ययोजनाको बुँदा ३.५ को व्यवस्थालाई ख्याल गर्न अनुरोध गर्नुभएको छ ।
कार्ययोजनाको बुँदा ३.५ मा भनिएको छ, ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरूमा रहेका महासङ्घका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासङ्घको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ ।’ महासचिव पुरीले उक्त व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय समिति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’