काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज देशैभर वडा सम्मेलन सम्पन्न गरेको छ ।
वडा सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएका छन् । वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । सम्मेलन सम्पन्न भएका वडाको तथ्याङ्क सङ्कलन भइरहेको र भोलिसम्म त्यसको विवरण सार्वजनिक हुने उहाँले बताउनुभयो ।
प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र भोलिसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने उहाँले बताउनुभयो । माओवादीले आजका लागि देशरभका छ हजार ७४३ वडामा सम्मेलन आयोजना गरेको थियो ।
पछिल्ला समय साङ्गठनिक सुदृढीकरणमा जुटेको माओवादीले यही मङ्सिर ११ गते पालिका सम्मेलन गर्ने तयारी गरेको छ ।
यस्तै, यही मङ्सिर २५ गते प्रदेश सम्मेलन हुनेछ ।
माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]