लण्डन । बेलायतको लिभरपुलस्थित वुमन्स अस्पतालको प्रवेशद्वारमा आइतबार भएको ट्याक्सी विष्फोटका मुख्य योजनाकारको परिचय प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार ३२ वर्षीय इमाद अल स्वेमीन सो विष्फोटको योजनाकार हुन् । उनको सो विष्फोटमा परी निधन भएको छ ।
मध्यपूर्वबाट बेलायत आएका उनी शरणार्थी रहेको र चार वर्षअघि मात्र धर्म परिवर्तन गरी क्रिश्चियन बनेको पाइएको छ ।
प्रहरीले उनको कोठाबाट थुप्रै सामग्री फेला पारेको बताएको छ ।
इमाद केही समयदेखि मानसिक समस्याले ग्रस्त भएको पनि पाइएको छ ।
प्रहरीले सो घटनामा इमाद एक्लैको संलग्नता रहेको प्रारम्भिक निस्कर्ष निकालेको छ भने यसअघि पक्राउ परेका चार जनालाई रिहा गरेको छ ।
प्रहरीका अनुसार इमादले घरमा बनाइएको विष्फोटक पदार्थ बोकेर ट्याक्सी चढेको पाइएको छ ।
सो ट्याक्सीका चालक भने उपचारपछि घर फर्किसकेका छन् ।
उता बेलायत सरकारले बेलायतमा आतङ्कवादी आक्रमणको खतराको स्तरलाई बढाएको छ ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार