लण्डन । युकेबाट यसवर्ष प्रकाशित नेपाली कृतिहरुमध्ये गोविन्द बेल्वासेको ‘रातो पासपोर्ट’ कथा संग्रह उत्कृष्ट कृति ठहरिएको छ ।
नेपाली साहित्य विकास परिषद् युकेले स्थापना गरेको नेपाली साहित्य पुरस्कारका लागि गतवर्ष युकेका स्रष्टाहरुबाट प्रकाशित कृतिहरुमध्येबाट सो कृति ठहरिएको परिषद्ले जनाएको छ ।
त्यसैगरि सागर सिल्वालको ‘सागरको मोति’ गजल संग्रह दोस्रो र हरिसिंह थापाको ‘उत्तराखण्ड चारधाम’ यात्रा अनुभूति तेस्रो भएको छ ।
कृति मूल्यांकनका लागि दुर्गाप्रसाद पोखरेलको संयोजकत्वमा खगेन्द्र नेपाली, वाचस्पति रेग्मी, केशव पुडासैनी र डा मीन रानाभाट सदस्य रहेको छनोट समिति बनाइएको थियो ।
समितिले आफूहरुलाई लेखकहरुबाट प्राप्त भए कृतिहरुमध्येबाट भाषा शैली, विषयवस्तु र भाषा सन्तुलन, कथानक, विम्ब, रस अलङ्कार आदिको समुचित प्रयोग, भाषिक शुद्धता, प्रस्तुतिमा मौलिकता, आवरणकला, सन्देशमूलकता, जानकारी तथा चेतना, समावेशी उत्प्रेरणाका कुराहरु, राष्ट्रप्रेम, मानवीयता, हार्दिकता, भ्रातृत्व, प्रकृति प्रेम, डायस्पोरा वा प्रवासी चेतना, सामाजिक विसङ्गतिमाथि व्यङ्ग्य र सुधारको आशा, पाठकमा पार्ने प्रभाव-सकारात्मक सोच, नेपाली भाषा साहित्य एवं संस्कृतिप्रति उत्प्रेरणा जगाउन सक्षम लगायतलाई मापदण्ड बनाएको थियो ।
सो पुरस्कार बेलायतमा रहेका साहित्यसेवी कोमलप्रसाद श्रेष्ठ मल्ल तथा श्रीमती कोहिनूर मल्लले नेपाली साहित्य विकास परिषद् बेलायतका लागि स्थापना गरेका हुन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च