काठमाडौँ । किराँत राई जातिको, इतिहास, भाषा, लिपि, धर्म तथा अधिकार संरक्षणमा पैरवी गर्ने उद्देश्यका साथ ‘किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ काठमाडौँमा सुरु भएको छ ।
किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले आयोजना गरेको सो सम्मेलनको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभयो ।
सम्मेलनमा राई जातिभित्रका २६ भाषाको अवस्था, किराँत सिरिजङ्गा लिपिको प्रयोग, किराँत धर्म र माङ्खिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किराँत प्रदेश अभियानलगायत विषय छलफल हुनेछ । सम्मेलनका दौरान किराँत राईसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
दुई दिनसम्म चल्ने सम्मेलनले कार्यपत्रमाथि बृहत् छलफल गरी काठमाडौँ घोषणापत्र जारी गर्नेछ । सम्मेलनमा भारत, अमेरिका, बेलायत, हङ्कङ, मकाउलगायत विभिन्न १८ देशबाट आएका प्रतिनिधिको सहभागिता रहेको किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिका सचिवालय सदस्य जीवन हाताचो राईले जानकारी दिनुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आफ्नो भाषा, संस्कृति, इतिहास र भूगोलसँग जोडिएको पहिचान स्थापित गर्न, राज्यका निकायमा पहुँच र प्रतिनिधित्व बढाउन र आफ्नो भाषा, संस्कृति, पहिचानको संरक्षण, सम्वद्र्धन र विकास गर्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
साझा उद्देश्य प्राप्तिका लागि एक भएर अगाडि बढ्न आग्रह गर्दै उहाँले एकताबाटै राजनीतिक, सामाजिक, आर्थिक अधिकार प्राप्त हुने बताउनुभयो । उपराष्ट्रपतिले सबै आदिवासी जनजातिलाई, सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने र देशको राष्ट्रिय एकतालाई नै सुदृढ गर्ने गरी किराँत राई समुदाय अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुर्खाले लामो मेहनतपछि स्थापित गरेका आफ्नो भाषा, संस्कार, संस्कृति, सभ्यता र इतिहासलाई संरक्षण गर्दै भावीपुस्तालाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो ।
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले किराँत राईको सभ्यतालाई संरक्षणमा राज्यले विभेद गर्न नहुने बताउनुभयो । किराँतको पहिचान र अधिकारका लागि आफू निरन्तर लाग्ने बताउँदै उहाँले पहिचनानका विषयमा अनावश्यक राजनीति हुँदा प्रदेशको नामकरणमा समस्या आएको बताउनुभयो ।
पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता अशोक राईले पहिचानका विषयमा रहेको भ्रमपूर्ण बुझाइलाई चिर्दै पहिचानको आन्दोललाई शान्तिपूर्ण र सहमतिमा अगाडि लैजानुपर्ने बताउनुभयो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा