लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बीसीसी युके लण्डन शाखालाई पाँच सय पाउण्ड सहयोग गरेको छ ।
आइतबार ७ नोभेम्बरका दिन अल्डरसटस्थित गुम्बामा एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
बीसीसी लण्डन शाखाले गुम्बा भवन खरीद गर्नका लागि आर्थिक सहयोग संकलनार्थ देउसीभैलो खेलेका थिए । सोही अवसरमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग र आमा अध्यक्ष उर्मिला गुरुङले बीसीसी युकेको तर्फबाट शाखाका अध्यक्ष गोपाल तामाङ्ग र आमा अध्यक्ष दिलमाया गुरुङलाई गुम्बा भवन खरीद सहयोगार्थ उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा गुम्बामा सहभागी बीसीसी युकेका कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमाहरु, भक्तजनहरुले समेत आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले शाखाका नवनिर्वाचित अध्यक्ष गोपाल तामाङ्ग र आमा अध्यक्ष दिलमाया गुरुङलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको समेत शुभकामना दिएका थिए ।
त्यस्तै, नवनिर्वाचित शाखाका अध्यक्ष र आमा अध्यक्षले सहयोगको लागि धन्यवाद दिए ।
बीसीसी युकेका कार्यसमितिका पदाधिकारीहरु र आमाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बिसीसी युके लण्डन शाखाका अरु पदाधिकारी तथा सदस्यहरुको समेत बिशेष उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई बिसीसी युकेका महासचिव क्याप्टेन देब घलेले संचालन गरेका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार