लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बीसीसी युके लण्डन शाखालाई पाँच सय पाउण्ड सहयोग गरेको छ ।
आइतबार ७ नोभेम्बरका दिन अल्डरसटस्थित गुम्बामा एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।
बीसीसी लण्डन शाखाले गुम्बा भवन खरीद गर्नका लागि आर्थिक सहयोग संकलनार्थ देउसीभैलो खेलेका थिए । सोही अवसरमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग र आमा अध्यक्ष उर्मिला गुरुङले बीसीसी युकेको तर्फबाट शाखाका अध्यक्ष गोपाल तामाङ्ग र आमा अध्यक्ष दिलमाया गुरुङलाई गुम्बा भवन खरीद सहयोगार्थ उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा गुम्बामा सहभागी बीसीसी युकेका कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमाहरु, भक्तजनहरुले समेत आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले शाखाका नवनिर्वाचित अध्यक्ष गोपाल तामाङ्ग र आमा अध्यक्ष दिलमाया गुरुङलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको समेत शुभकामना दिएका थिए ।
त्यस्तै, नवनिर्वाचित शाखाका अध्यक्ष र आमा अध्यक्षले सहयोगको लागि धन्यवाद दिए ।
बीसीसी युकेका कार्यसमितिका पदाधिकारीहरु र आमाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बिसीसी युके लण्डन शाखाका अरु पदाधिकारी तथा सदस्यहरुको समेत बिशेष उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई बिसीसी युकेका महासचिव क्याप्टेन देब घलेले संचालन गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो