काठमाडौँ। नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले सो खोप हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सचिव डा पोखरेलले स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप नेपालका सर्वसाधारणलाई लगाइने जानकारी दिनुभयो । उहाँले आगामी चैत मसान्तभित्रमा सबै नेपालीलाई खोप उपलब्ध गराउने बताउनुभयो ।
नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत क्यापलरले कोरोना भाइरसविरुद्धको रोकथाम र नियन्त्रणमा नेपाललाई सहयोग गर्दै आइरहेको बताउनुभयो । स्वीट्जरल्याण्ड सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?