काठमाडौँ। यस वर्षको तिहारमा रु १५ कारोड २० लाख ७५ हजार फूलको कारोबार भएको छ । काराबार भएकामध्ये सबैभन्दा बढी सयपत्री फूल रु १२ करोड ७० लाख ५० हजार, मखमली रु एक करोड ६७ लाख ७५ हजार, गोदावरी रु ५२ लाख ५० हजार र ३० लाखको मखमली विभिन्न देशमा निर्यात भएको बताइएको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार बजारमा १८ लाख ५० हजार मालाको माग भए पनि मागभन्दा बढी २१ लाख माला खपत भएको हो । उहाँका अनुसार गत वर्ष रु १३ करोड मूल्यको १६ लाख मालाको कारोबार भएको थियो ।
तिहार सुरु हुनुभन्दा २० दिनअगावै गैर पुष्प व्यवसायीले समन्वयविना नै ठूलोमात्रामा भारतबाट सयपत्री फूलको माला आयात गरी कोल्डस्टोरमा स्टोरेज गरेका कारण बजार मागभन्दा अधिक आपूर्ति भएको र भारतीय सयपत्रीको मालाले बजार हिस्साको करिब ३० प्रतिशत खपत भएको र उक्त माला सस्तो भएकाले नेपाली उत्पादनले बजार नपाइ करिब १५ प्रतिशत सयपत्री फूलको माला फाल्नु परेको पनि अध्यक्ष तामाङले गुनासो गर्नुभयो ।
विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । हाल स्वदेशमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले फूलको खेती गर्दै आएका छन् ।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै थप फस्टाउँदै गएको छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?