
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले आज नियुक्त गर्नुभएको हो ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार यसअघिका प्रदेश प्रमुख पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । यसअघि प्रदेश एकमा सोमनाथ अधिकारी, कर्णाली गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख हुनुहुन्थ्यो ।
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’