काठमाडौँ । वैदेशिक रोजगारीका लागि दोस्रो चरणमा ९६ जना नेपाली श्रमिक दक्षिण कोरिया जाने भएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी शुरु भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले दोस्रो चरणमा ९६ जना नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने तयारी शुरु भएको जानकारी दिए । अब क्रमशः नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने उनले बताए ।
कोरोना महामारीका कारण करिब २० महिनादेखि रोकिएको नेपाली श्रमिक दक्षिण कोरिया जाने प्रक्रिया यही कात्तिकबाट शुरु भएको थियो । जसअन्तर्गत पहिलो चारणमा ४८ जना नेपाली श्रमिक कात्तिक १० गते दक्षिण कोरिया गइसकेका छन् ।
कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली श्रमिक जान पाउनुभएको थिएन । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली श्रमिक कोरोना महामारी कम भएसँगै दक्षिण कोरिया जान लागेका हुन् ।
सबै प्रक्रिया पूरा गरेका १२ हजार श्रमिक कोरिया जाने पर्खाइमा छन् । दक्षिण कोरियालाई नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ ।
ईपीयस कोरिया शाखाका अनुसार नियमित भाषा परीक्षा पास गरेर ‘लेटर कन्ट्रायाक्ट’ आइसकेका करिब पाँच हजार र कोरियाबाट प्रतिबद्ध श्रमिकका रुपमा फर्किएका तीन हजार श्रमिक प्रक्रिया पुगे पनि कोरोना महामारीका कारण रोकिएका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?