काठमाडौँ। सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पुर्याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
समितिमा ११ सदस्य रहनेछन् । सत्ता गठबन्धनमा रहेका दलबाट दुई–दुई जना र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहने निर्णय भएको उहाँले जानकारी दिनुभयो । नेता श्रेष्ठका अनुसार हरेक पार्टीले दुई–दुई महिना समितिको नेतृत्व गर्नेछन् । पहिलो संयोजन नेपाली कांग्रेसले गर्नेछ । कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले संयोजन गर्ने उहाँले जानकारी दिनुभयो । हरेक बैठकमा प्रधानमन्त्री सहभागी हुने उहाँको भनाइ छ । समिति गठनको उद्देश्यबारे प्रस्ट पार्दै उहाँले भन्नुभयो, “गठबन्धनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, सरकार सञ्चालनमा सहयोग पु¥याउने तर सरकार सञ्चालन गर्ने संयन्त्र होइन, दलहरूको समन्वय समिति मात्र हो ।”
राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्ष, संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास एवं निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ समिति गठन गरिएको उहाँले बताउनुभयो । गठबन्धन बैठकमा आसन्न राष्ट्रियसभा बैठकमा मिलेर जाने सहमति भएको नेता श्रेष्ठले बताउनुभयो । न्यायालयमा देखिएको गतिरोध र विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका विषयमा कुनै छलफल नभएको उहाँले जानकारी दिनुभयो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?