मकवानपुर। वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।
उक्त बैठकमा पक्षमा ५९ मत प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षमा नेकपा (एमाले) को ४३ र साझा विवेकशील पार्टीको तीन मत परेको छ । नेपाल मजदुर किसान पार्टीले सो प्रस्तावमा तटस्थ रहने घोषणा गरेको थियो ।
यसैगरी, राप्रपाका सांसदहरू अनुपस्थित रहनुभएको थियो । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।
तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उक्त पदमा राजेन्द्र पाण्डे नियुक्त हुनुभएको हो । वाग्मती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभाका सदस्यहरू हुनुहुन्छ । आजको बैठकमा जम्मा १०४ जना प्रदेशसभा सांसदहरू उपस्थित हुनुहुन्थ्यो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?