लण्डन । नेपाली साहित्य विकास परिषद् बेलायतले परिषद्ममा लामो समयदेखि सक्रिय रुपमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई विशिष्ट सम्मान दिने भएको छ ।
परिषद्को आइतबार लण्डनमा बसेको बैठकले गरेको निर्णयअनुसार सम्मानित हुनेहरुमा डा.राघव प्रसाद धिताल ओबीइ र डा. जनककुमारी धिताल, हरिसिहं थापा र देव कुमारी थापा, महन्तबहादुर श्रेष्ठ र अम्बिका श्रेष्ठ, खगेन्द्र नेपाली र महालक्ष्मी नेपाली, ध्रुव केसी र निर्मला केसी, कोमलप्रसाद श्रेष्ठ (मल्ल) र कोहिनुर मल्ल, घनबहादुर थापा मगर र कृष्ण थापा मगर, बसन्त रायक्षेत्री र मन्दा रायक्षेत्री, हरि केसी र कल्पना (अधिकारी) केसी, दौलत राई र सन्तोष राई, मोतीराज भण्डारी र शुशिला भण्डारी, विरेन्द्र कुँवर र इन्दिरा कुँवर तथा ज्ञानेन्द्र राउत र अंगना राउत छन् ।
बैठकले बेलायतमा हुर्केको युवा तथा बालबालिकाहरुलाई नेपाली भाषा र साहित्यतर्फ आकर्षण र प्रोत्साहन पुर्याउने हेतुले उत्पादन र प्रकाशनतर्फ लगनशीलरुपले लागिपरेका भन्दै अभिमन्यू वैरागलाई एनएलडिसी साहित्य पुरस्कार सेवा २०१५ बाट पुरस्कृत गर्ने निर्णय गरेको छ ।
बैठकले ९ अप्रिल २०१५ बिहीवार २६ अौं ‘साहित्य संन्ध्या’ र परिषदले प्रकाशन गरेको नेपाली साहित्यिक पत्रिका ‘लालीगुराँस’ भानु स्मारिकाको लोकार्पण गर्ने कार्यक्रम राखेको छ । वेम्ली तन्दुरीमा सो कार्यक्रम हुँदैछ ।
बैठकले कृति मूल्याकंन तथा छनौट समितिबाट प्राप्त भैसकेकोमा विधामा एनएलडिसी साहित्य पुरस्कार २०१४ कृति तर्फको घोषणा तथा वितरण पनि सोही दिन गर्ने कार्यक्रम राखेको छ।
यसैगरी लण्डन म्याराथनमा सहभागी कल्पना लिम्बुलाई नेपाली साहित्य बिकास परिषद यूके तर्फबाट ५० पाउण्ड सहयोग दिने भएको छ । नेपालमा अस्वस्थ रहि हालै दिवंगत साहित्यकार कौशल्या लामिछानेको परिवारलाई परिषदबाट१५ हजार रुपियाँ सहयोग प्रदान गर्ने भएको छ।
यस्तै नेपालबाट यूके भ्रमणमा आएका प्रा डा देवीप्रसाद सुवेदीले परिषद्को आयोजनामा हुने कार्यक्रम प्रवचन दिने कार्यक्रम छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च