काठमाडौँ। सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उहाँलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गर्नुभएको हो ।
आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्स्मा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पुर्याउन उल्लेखनीय योगदान दिएवापत युवा तथा खेलकुद मन्त्रालयले योगदानको कदर गर्दै सम्मान गरेको हो ।
उक्त प्रतियोगितामा नेपालसहित, माल्दिभ्स, भारत, श्रीलङ्का र बङ्गलादेशले भाग लिएका थिए । भारतसँग ३–० ले पराजित भई नेपाल उपविजेता बनेको थियो । सम्मान समारोहमा मन्त्री गहतराजले छोटो समयमै प्रशिक्षक अल्मुताइरी फुटबल खेलाडी मात्र नभएर सम्पूर्ण नेपालीको हृदयमा बस्न सफल भएको भनी योगदानको स्रराहना गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल फर्किएकामा खुशी लागेको छ, तपाई खेलाडीका लागि मात्र होइन, नेपालकै असल मित्र हुनुहुन्छ, सरकारले खेल क्षेत्रका समस्या बुझेको छ, सम्बोधन गर्न तयार छ ।” अल्मुताइरीको नेतृत्वमा नेपाली फुटबलको विकास र विस्तारमा थप महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्दै मन्त्री गहतराजले भन्नुभयो, “मन्त्रालय तपाईको साथमा छ, तपाई खेलाडीका साथमा हुनुहुन्छ ।”
युवा तथा खेलकुद मन्त्रालयका कामु सचिव डा कमल पोखरेलले प्रशिक्षक र खेलाडीको निरन्तरको अभ्यास एवं ठूलो मेहनतबाट नेपालले सकारात्मक नतिजा प्राप्त गर्न सफल भएको बताउनुभयो । सम्मानित व्यक्तित्व मुख्य प्रशिक्षक अल्मुताइरीले समग्र खेलाडी र आफ्नो कडा परिश्रमबाट नेपालले फुटबलमा उच्चस्तरको नतिजा हासिल गरेको प्रतिक्रिया दिनुभयो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा