
लन्डन । ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)को वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
अल्डरसटको एम्पायार हलमा शनिबार २०२६ मे ३० तारिखमा सीएनसीबीजीका अध्यक्ष थर्क रानाको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मे.(रि) योगेश राईको प्रमुख आतिथ्यमा उक्त संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
अध्यक्ष राना र प्रमुख आतिथि राईले पानसमा दीप प्रज्वलन गरी सुरु भएको कार्यक्रम संस्थाका महासचिव भक्त रानाले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष शोभराज गुरुङले स्वागत मन्तव्य राख्नु भएपछि कोषाध्यक्ष याम थापाले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । त्यसपछि उपाध्यक्ष दलबहादुर बुढाथोकीले सीएनसीबीजीको अवधारणा, मार्गचित्र (रोडम्याप) तथा संविधान संशोधनको लागि पठाएको सुझावबारे र वेबहोस्ट इस्ट गुरुङले संस्थाको वेबसाईटको बारेमा प्रकाश पार्नुभएको थियो ।
त्यस्तैगरी उपाध्यक्ष शोभराज गुरुङले प्रस्तुत गर्नुभएको संस्थाको विधान संशोधनमाथि बृहत् छलफल गरी बहुमतले पारित गरिएको थियो । त्यसपछि समूहगत छलफल र सहभागीले प्रश्नोत्तरको क्रममा आफ्ना जिज्ञासा तथा सुझावहरु राखेका थिए । जसमा दिल गुरुङ, मनोज पुन, देभकुमार गुरुङ, दिर्ग गुरुङ, मोहन गुरुङ र कृष्ण राई हुनुहुन्थ्यो ।

अध्यक्ष रानाले हालै आफूले गरेको नेपाल भ्रमणमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वगृहमन्त्री सुधन गुरुङ, विभिन्न पार्टीका अध्यक्ष तथा संघीय सांसदहरूसँग भेट गरी गोर्खा र तिनका सन्तानहरूका नागरिकता निरन्तरताको बारेमा सीएनसीबीजीको तर्फबाट राखेको विषयमा प्रस्ट पार्नुभएको थियो । उहाँले भविष्यमा ती कुराहरूलाई कसरी अगाडि बढाइँदैछ भन्ने विषयमा पनि विस्तृतमा जानकारी गराउनुभएको थियो ।
त्यसपछि विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूबाट सीएनसीबीजीलाई आ-आफ्नो सल्लाह, सुझाव र शुभकामना दिनुभएको थियो। शुभकामना र सल्लाह दिनेहरुमा सीएनसीबीजीका सल्लाहकार भागवान चाम्लिङ, नेफिन यूकेका पूर्वअध्यक्ष, सल्लाहकार तुल छन्त्याल, नारदमणी गुरुङ, सन्धोश गुरुङ, प्रमुख अतिथि मे.रि योगेश राई हुनुहुन्थ्यो । उहाँहरू प्राय:जसो सबैले सीएनसीबीजीको संयोजकत्वमा नेपाल सरकारसँग वार्ता गर्न सम्पूर्ण गोर्खा संस्थाहरू समेटी तत्काल एक उच्चस्तरीय प्रतिनिधिमण्डल (डेलिगेशन) गठन गर्न पहल गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
अन्त्यमा अध्यक्ष रानाले सबैको जिज्ञासा मेटाउँदै मन्तव्यसहित सम्पूर्णलाई सहयोग र उपस्थितिको लागि धन्यवाद व्यक्त गरी सभा समापन गर्नुभएको थियो ।
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण