नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधिसभाको मंगलबारको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

बैठकमा विपक्षी दलहरूले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीले दिएको धारणाको सम्बन्धमा जवाफ माग गर्दै अवरोध गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आसनग्रहण गरी बैठक सञ्चालनमा सहजीकरण गर्न विपक्षी दललाई आग्रह गर्नुभयो । सभामुखको सो आग्रहलाई विपक्षी दलहरूले अस्वीकार गर्दै विरोध जारी राखे ।

त्यसपछि सभामुख अर्यालले बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री