
लन्डन । पाँचथर समाज सेवा यूकेका अध्यक्ष एवं एभरेष्ट टाईम्स यूकेका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङलाई पितृशोक परेको छ । उहाँका बुबा पूर्व ब्रिटिस गोर्खा कुबेरसिङ नेम्वाङको ९२ वर्षको उमेरमा बिहीबार ४ जुनमा बेलायतमा निधन भएको हो ।
पूर्व क्वीन गोर्खा सिग्नल्सका कुवेरसिङ नेम्वाङको बेलायतको केन्टस्थित विलियम हार्भे अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेम्वाङले वि.सं. २०२९ देखि २०३३ सम्म गल्ला वाला र २०३९ देखि २०४९ सम्म पाँचथरको फिदिममा ‘असिस्टेन्ट वेल्फेयर अफिसर’ का रूपमा कार्य गर्नुभएको थियो ।
कुबेरसिङ वि.सं. १९९१ सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ इम्बुङमा जन्मिनुभएको थियो । उहाँ २००९ सालमा ब्रिटिस लाहुरेमा भर्ती हुनुभएको थियो । उहाँका दुई छोरा र ११ छोरीहरू रहेका छन् । नगेन्द्रराज नेम्बाङ जेठो छोरा हुनुहुन्छ ।
पूर्वगोर्खा सैनिक कुबेरसिङले जन्मठाउँ इम्बुङमा दुई वर्षअघि आफ्नै समाधिस्थल (कपुरथान) बनाउनुभएको थियो । पूर्वब्रिटिस गोर्खा सैनिक कुबेरसिङ वेलफेयर सेन्टर पाँचथर फिदिममा कार्यरत रहँदा सत्यहाङ्मा प्राथमिक विद्यालय भवन (हाल मावि) गोर्खा वेलफेयर ट्रस्टबाट निर्माण गरिदिनुभएको थियो ।
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी चिडियाखानामा
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस