
मनिला । दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्रहरूलाई हल्लाउनुका साथै भवनहरूमा क्षति पुर्याएको, विद्युत् सेवा अवरुद्ध भएको र केही स्थानमा एक मिटर उचाइसम्मका सुनामीका छालहरू मापन गरिएको अधिकारीहरूले बताएका छन् ।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले जोखिमयुक्त तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित उच्च स्थानतर्फ जान आग्रह गर्नुभएको छ । उहाँले सुनामी चेतावनीलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मानिसको जीवनभन्दा महत्त्वपूर्ण अरू केही नभएको बताउनुभयो । साथै, राष्ट्रिय सरकार र विपद् व्यवस्थापन निकायहरू पूर्ण रूपमा परिचालित अवस्थामा रहेको जानकारी दिनुभयो ।
फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प बिहान ७:३७ बजे जनरल सान्टोस सहरको दक्षिणपश्चिम समुद्री क्षेत्रमा केन्द्रित भएर आएको थियो । करिब सात लाख जनसङ्ख्या रहेको यो सहर दक्षिणी फिलिपिन्सको प्रमुख व्यापारिक तथा टुना प्रशोधन केन्द्र मानिन्छ । भूकम्पको केन्द्र कोटाबाटो समुद्री गर्त क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
बीबीसीका अनुसार हालसम्म तीन व्यक्तिको मृत्युभएको छ । जनरल सान्टोसमा एउटा सानो व्यावसायिक भवन आंशिक रूपमा भत्किएको छ । उक्त भवनमा मानिस फसेका वा घाइते भएका छन् कि छैनन् भन्ने विषयमा अझै स्पष्ट जानकारी प्राप्त भएको छैन । स्थानीय रेडियो संस्था डिजेडआरएचले आफ्नो शाखा रहेको भवनको केही भाग ढलेको तर कर्मचारीहरू सुरक्षित रहेको जनाएको छ ।
भूकम्पका कारण अन्य भवनहरूबाट पनि संरचनात्मक सामग्री खसेका छन् । सडक किनारमा पार्क गरिएका तीनपाङ्ग्रे ट्याक्सीहरूमा भग्नावशेष खसेको विवरण प्राप्त भएको छ । कार्यालय समय सुरु हुनुअघि भूकम्प आएकाले ठूलो मानवीय क्षति टरेको अनुमान गरिएको छ ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्सका केही तटीय क्षेत्रमा तीन मिटर उचाइसम्मका छालहरू आउन सक्ने चेतावनी दिएको थियो । त्यसैगरी मलेसिया र इन्डोनेसियाका केही तटीय क्षेत्रमा एक मिटर उचाइसम्मका सुनामी छालको जोखिम रहेको बताइएको थियो । फिलिपिन्सका साराङ्गानी र सुल्तान कुदारात क्षेत्रमा राखिएका सुनामी निगरानी केन्द्रहरूले एक मिटर उचाइका छालहरू अभिलेख गरेका छन् भने अन्य केही स्थानमा साना छालहरू देखिएका छन् ।
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने