काठमाडौँ। नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गर्नुभएको छ ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षको लागि सम्झौता गर्नुभएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिनुभयो ।
माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पु¥याउनुभएको अल्मुताइरी त्यतैबाट कुवेत फर्कनुभएको थियो । भारतविरुद्ध फाइनल खेल्नुअघि उहाँले उक्त खेल नेपाली टोलीसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताउनुभएको थियो ।
साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । मुख्य प्रशिक्षक अल्मुताइरीले तीन वर्ष नेपालको प्रशिक्षक रहन आफू सहमत भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नुभएको छ । उहाँले छिट्टै आगामी दुई वर्षको लक्ष्य र योजना प्रस्तुत गर्ने पनि सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत