लण्डन । यही आउँदो अक्टोवर १६ मा बेलायतको लेस्टरमा युकेमा हुन गइरहेको अन्तर्राष्ट्रिय ड्रग्स फ्रि बडी बिल्डिङ च्याम्पियनसिपमा फिजिकतर्फ अल्डरसट निवासी विक्रम थापा मगरले प्रतिस्पर्घा गर्दैछन् ।
उनले गत सेप्टेम्बर ५ मा क्याम्बर्ली सरे युकेबाट काउटीस्तरबाट कास्य पदक ल्याएर राष्ट्रिय स्तरमा छनौट भएका हुन् ।
थापा मगर विगत १६ वर्षदेखि बेलायतको अल्डरसटमा सपरिवार बसोबास गर्दै आएका छन्।
ड्रग्स फ्री बडी बिल्डिङ कुनै पनि सप्लिमेन्ट ड्रग बिना प्राकृतिकरुपमा ब्यायाम गरी शारीरिक सुशगठित गरिने गरिन्छ। यस प्रकारको प्रतिष्पर्धा बेलायत तथा अन्तर्राष्ट्रियमा निकै प्रसिद्ध मानिन्छ।
युवाहरुमा सप्लिमेन्ट ड्रग बिना प्राकृतिकरुप शारिरीक शुगठित गर्न प्रेरणा तथा सन्देशमूलक हुने भएकोले थापामगर यस प्रतिस्पर्धा भाग लिएको कुरा बताएका छन्। आउने दिनहरुमा अझै धेरै बेलायतमा बसोबास गर्नुहने नेपाली युवाहरुलाई यस प्रकारको प्रतिस्पर्धामा भाग लिन पनि उनले अनुरोध गरेका छन्।
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
परराष्ट्रमन्त्री शर्माको निर्देशन – ‘एनआरएनएको १२ औँ महाधिवेशन विधानअनुसार गर्नुस्’
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा