
लन्डन । गोर्खा भर्ती शुरु भएको दुई सय वर्ष गांठका अवसरमा बेलायतको ननिटनमा निर्माणाधिन गोर्खा स्मारकका लागि सहयोग संकलन तीव्र भएको छ । ननिटन र बेडवर्थमा रहेका गोर्खा समुदायको अपिलमा स्थानीय काउन्सिलदेखि बेलायतीहरुले सहयोगका हात बढाएका हुन् ।
वार्वीकसायर काउन्टी काउन्सिलले आठ फिट अग्लो स्मारक बनाउन ४ हजार पाउण्डको चेक दिएपछि सहयोगको बाढी आएको ननिटन न्यूजले जनाएको छ । करिब ४० हजार पाउण्ड लगानीमा गोर्खा स्मारक बनाइंदैछ । स्मारक निर्माणको जिम्मा ब्रिटिश गोरखा भेटेरान एसोसिएसनको स्थानीय शाखाले लिएको छ । सो स्मारक निर्माणले गोरखाहरुलाई मात्र फाइदा नभई समग्र ननिटन, बेडवर्थ, वार्वीकसायर र मिडल्याण्डकै आकर्षण हुने विश्वास एसोसिएसनका प्रवक्ता ओम गुरुङ एमबीईले लिएका छन् ।
गोर्खा भर्ती शुरु भएको दुई सय वर्ष गांठका अवसरमा एक भव्य समारोहबीच ‘गोर्खा २००’ समारोह हुने तय भइसकेको छ । आगामी अप्रिल २६ बिहान ११ बजे रिभर्सली पार्कमा हुंदैछ जसमा करिब ५ हजारले भाग लिने अपेक्षा छ । त्यस दिन सांस्कृतिक कार्यक्रम, फुड स्टल र संगीत नृत्य देखाइने छ जहां हरेक समुदायको उपस्थिति रहनेछ । भेट्रान्स सैनिकहरुको मार्च पास पनि आकर्षण बन्ने गोर्खा समुदायले जनाएका छन् ।
ननिटनका काउन्टी काउन्सिलर बब हिक्सले भनेका छन ‘यस बरोसंग गोर्खाहरुको लामो सम्वन्ध छ, यस्तो अवस्थामा ननिटनमा गोर्खा स्मारक बन्नु गर्वको कुरा छ ।’
बांकी रकम जुटाउन ‘गोर्खा २००’ कोष अभिवृद्धि कार्यक्रम समेत तय भएको छ । ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसन, ननिटन शाखाका अध्यक्ष ओम गुरुङ (एमबीइ) ले आगामी ११ अप्रिलमा कोओपरेटिभ क्लव ननिटनमा एक च्यारिटी कार्यक्रम आयोजना गरेका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण