
लन्डन । बेलायतमा सामान्यतया नेपाली समुदाय माझ हरेक साता जसो विभिन्न कार्यक्रम आयोजना गरिन्छ । हरेक कार्यक्रमको आफ्नै उद्देश्य हुन्छ र सहभागिता पनि नेपालीकै बढी । तर, यसै साता रिचमिक्स् सिनेमामा आयोजना गरिएको एक च्यारिटी कार्यक्रम अलि भिन्न रह्यो । भिन्न यस अर्थमा कि कार्यक्रमको मुख्य आकर्षण नेपाली गीत संगीत थियो भने त्यहां उपस्थित दर्शक विभिन्न देशका थिए र नेपाली दर्शकको उपस्थिति भने औंलामा गन्न सकिन्थ्यो ।
खादा, सम्मान, प्रमुख अतिथि रहित र प्रत्यक्ष रुपमा नेपाल चिनाउने यस कार्यक्रममा आफूलाई नेपाली समुदायको अगुवा ठान्नेहरु जो खादा र सम्मानका लागि भनेपछि सयौं माइल टाढा पुग्छन्, उनीहरुको उपस्थिति भने शून्य नै रह्यो ।
मात्र ५ पाउण्ड प्रवेश शुल्क राखिएको सो कार्यक्रममा नेपालीहरुको न्यून सहभागिताबारे गायक गंगा थापासंग प्रश्न गर्दा मनिलो स्वरमा उनले भने, ‘हामीले कसैलाई पनि व्यक्तिगत निमन्त्रण गरेनांै । खादा, माला र सम्मानको व्यवस्था गरेनौं, थुप्रै नेपाली संघ संस्थाका लागि च्यारिटी भन्दै आफ्नो प्रस्तुति दिए तर आज अन्य समुदाय माझ देशलाई चिनाउने अवसर पाउंदा तिनै संघ संस्थाका एक प्रतिनिधि पनि उपस्थित भएनन् । हामीले कार्यक्रमको जानकारी फेसबुक पेज मार्फत गराएका थियौं । जो जो उपस्थित हुनुभयो उहांहरुलाई धेरै धेरै धन्यवाद ।’
‘गीत प्रेरणाको लागि’ नाम दिइएको यस कार्यक्रमलाई सेलेब्रेट लाइफ इभेन्ट एण्ड कल्चर अफ ग्लोवलले आयोजना गरेको थियो । कार्यक्रममा नेपाली समुदाय माझ परिचित गायक गंगा थापा र उनको समूहले नेपालको विभिन्न भागमा गाइने करिव आधा दर्जन गीत प्रस्तुत गरे । रबिन हेमिंग्स, साइमी डी, विश्व शाही, श्रेया राई, राचेल हेटर, हनिफ खानको समूह नाम्लो ब्याण्डले विभिन्न भाकाका गीत प्रस्तुत गरिरहंदा दर्शक माझबाट अमेजिङ म्यूजिक भन्दै तालीको गडगडाहट गुन्जिरहेको थियो । साथै कार्यक्रममा बङ्लादेशका चर्चित गायक तथा गायिकाले पनि प्रस्तुति दिएका थिए । नेपाल र बङ्लादेशको संस्कृति झल्काउने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रमबाट सकंलित रकम नेपालमा फुड फर पिपल र बङ्लादेशमा म्यूजिक फर डेभेलोपमेन्टका लागि खर्च गरिने आयोजकले बताएको छ ।
द प्रेम रावत फाउण्डेसनले शुरुवात गरेको फुड फर पिपल प्रोजेक्ट निकै सफल भएको आयोजकले बताएका छन् । सन् २००९ मा स्थापित सो संस्थाले नेपालको तसरपु गाउंका न्यून स्तरका बालबालिका तथा वृद्धाहरुलाई सफा पानी तथा पौष्टिक खानेकुरा प्रदान गर्दै आएको र आगामी दिनमा यस कार्यक्रमलाई अन्य गाउंमा पनि विस्तार गर्दै लैजाने बताइएको छ ।
कार्यक्रमलाई रिचमिक्स, लोट्री फन्डेड, आर्ट काउन्सिल इङ्गल्याण्ड लगायतका संस्थाहरुले प्रायोजन गरेका थिए ।
सबै तस्विरहरुः कृष्ण सुवेदी
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने