लण्डन । सर्वोच्च अदालतले समान पेन्सनको माग राखी बेलायतमा अनसनरत गोरखाहरुको जीवन रक्षाका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज बेलायतस्थित दुताबासबाट अनसनमा बसेका नेपाली नागरिकहरुको जीवन रक्षाका लागि जो जे गर्नु छ आवश्यक व्यवस्था मिलाउनु भनी नेपाल सरकार, परराष्ट्र मन्त्रालयको नाममन अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि वरिष्ठ अधिवक्ता डा युवराज संग्रौलाले नेपाल सरकारले अनसनप्रति कुनै चासो नदेखाएको, मौन बसेको र अकर्मण्यताले अनसनमा बसेका तीन नेपाली नागरिकहरुको मानवअधिकार हनन् भएको भन्दै वार्ताको स्थल तथा मिति तोक्न र उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।
सो रिटमा संग्रौलालगायतका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन