लण्डन । इलाम सोसाइटी युकेको अध्यक्षमा कमल राई निर्वाचित भएका छन् ।
सोसाइटीको शनिबार अल्डरसटमा सम्पन्न अधिवेसनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा गोपाल गिरी र प्रमिला लाबुङ राई, महासचिवमा मुकेश राई, सहसचिवमा निरज ताम्राकार, कोषाध्यक्षमा कृष्ण देवान, सहकोषाध्यक्षमा रमेश गुरुङ, प्रमुख संयोजकमा गजेन्द्र देवान, जनसम्पर्क तथा वेभ संयोजकमा खड्क राई, खेलकुद संयोजकमा उमाकान्त गुरुङ र साँस्कृतिक संयोजकमा चोक गुरुङ चुनिएका छन् ।
यसैगरी सल्लाहकारहरुमा दिलिप गुरुङ, रमेश गुरुङ, गजेन्द्र कटवाल र राजेन्द्र राई छानिएका छन् ।
नयाँ समितिको नेतृत्वका लागि गजेन्द्र कटवाल, शंकर राई र कमल राईबीच प्रतिस्पर्धा भएको थियो भने उपाध्यक्षका लागि गोपाल गिरी, कृष्णवीर तामाङ र पदम राईबीच चुनाव भएको थियो । उपाध्यक्ष पदमा तामाङ र गिरीको बराबर मत आए पनि तामाङले गिरीलाई छोडिदिने बताएपछि गोलाप्रथा गर्नु परेन ।
नवनिर्वाचित समितिलाई सल्लाहकार दिलिप गुरुङले सपथ ग्रहण गराएका थिए ।
नयाँ समिति गठनका लागि सल्लाहकार रमेश गुरुङको संयोजकत्वमा प्रेमबहादुर राई र गोपाल राई रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि उद्घाटन सत्रको अध्यक्षता राजेन्द्र राईले गरेका थिए भने सञ्चालन महासचिव मुकेश राईले गरेका थिए । अध्यक्ष राजेन्द्र राईले प्रगति प्रतिवेदन पेश गरेका थिए । सो सत्रमा विधान संशाेधन लगायतका विभिन्न प्रस्तावमाथि छलफल भएको थियो।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?