लन्डन । यूकेमा विभिन्न करी अवार्ड जित्न सफल रेष्टुरेन्ट एभरेष्ट इन, ब्ल्याकहिथ शाखाले लिटिल शेर्पा फाउण्डेशनको सहयोगार्थ गत १७ मार्च सांझ एक च्यारिटी कार्यक्रम गरेको छ । सोलुखुम्बुस्थित उक्त फाउण्डेशनले पर्वतारोहणका क्रममा ज्यान गुमाउनेको परिवारलाई सहयोग गर्दैै आएको छ ।
बेलायत नेपाल दौत्य सम्वन्धको दुई सय वर्ष गांठको अवसरमा गरिने विभिन्न कार्यक्रम मध्ये यो च्यारिटी प्रारम्भिक भएको एभरेष्ट इनले जनाएको छ ।
च्यारिटीबाट एकहजार ८ सय १५ पाउण्ड संकलन भएको छ । राफल चिट्ठा, व्यवसायिक फोटोग्राफर जेम्स् ल्याम्बले खिचेका तस्विरको लिलामी बढाबढ लगायतबाट उक्त रकम संकलन भएको हो । रकम संकलनमा लक्ष्मी भण्डारीले उल्लेख्य साथ दिइन् ।
कार्यक्रममा कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, काउन्सिलर एलन म्याक कार्थी (ग्रीनवीचका पूर्व मेयर), ब्ल्याकहिथ काउन्सिलर केभिन बोनाभिया, चिकित्सक डा. कपिल रिजालले फाउण्डेशन र एभरेष्ट इनका च्यारिटी कामहरुको प्रशंसा गरेका थिए । लिटिल शेर्पा फाउण्डेशनका संस्थापक जेम्स् ल्याम्ब र फाउण्डेशनकै टासी लामाले आफ्नो च्यारिटीबारे प्रिजेन्टेशन दिंदै भिडियो फुटेज र फोटोग्राफी देखाए ।
आयुष भण्डारीले प्रदर्शन गरेको भिज्यूअल र गंगा थापाको संगीतले उपस्थित दर्शकलाई मन्त्रमुग्ध पारेको थियो ।
कार्यक्रमका सहभागी दर्शक एभरेष्ट इनका हेड सेफ शंकर पाण्डे र अन्य कर्मचारीले तयार पारेका विभिन्न स्वादिष्ट परिकारमा रमाएका देखिन्थे । एभरेष्ट इनका प्रवन्ध निर्देशक पशुपति भण्डारी र यादव भण्डारीले अतिथीहरुको सत्कार गरेका थिए ।
उक्त च्यारिटी सफल बनाउन शुरुदेखि नै म्यानेजरहरु फ्रेंक र दीपक, राजन खरेल लगायत समस्त कर्मचारीले अहंम भूमिका निर्वाह गरेका थिए ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च