लण्डन । बेलायतस्थित नेपाली व्यापारिक समूह एभरेष्ट इन ग्रुपले नर्थ हृयाम्पटनसियरमा नयाँ रेष्टुरेन्ट खोलेको छ ।
यसअघि दर्जनौँ अवार्डहरु जितिसकेको इभरेष्ट इन रेस्टुरेन्टको नयाँ रेष्टुरेन्टको उद्घाटन स्थानिय केटरिंग मेयर डंकन बेन र बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीले गरेका थिए ।
आफ्नो शहरमा नेपाली रेस्टुरेन्टलाई स्वागत गर्न पाउँदा खुशी लागेको मेयर बेनले बताए ।
करिब १५० जना पाहुनाको उपस्थितिमा भएको उद्घाटन समारोहमा स्थानीय काउन्सिलका उप कार्यकारी निर्देशक मार्टिन हृयामण्ड तथा एसिएन क्याटरिंग एसोसिएनका अध्यक्ष यावर खान र किंगफिसर वियरका वीरेन्द्र ऋषि लगायत सहभागी थिए ।
एभरेष्ट डाइन नाम दिइएको नयाँ रेष्टुरेन्टको उद्घाटनमा आएका पाहुनाहरुलाई एभरेष्ट इनका अनुभवी र विभिन्न अवार्ड विजेता सेफ शंकर पाण्डले स्वादिष्ट भोजन खुवाएका थिए ।
एभरेष्ट इन ग्रुपका संस्थापक तथा कार्यकारी निर्देशक पशुपति भण्डारीले अवार्ड जितिसकेको रेष्टुरेन्टलाई केटरिंग काउन्सिलमा स्थापना गर्न पाउँदा खुशी लागको बताए । आफूहरु युकेको अन्य भागमा पनि सफल हुनेमा शतप्रतिशत विश्वस्त रहेको उनको भनाइ थियो ।
स्थानीयबासीहरुसित नजिक रही काम गरेर नै अहिलेसम्म सफलता पाएको उल्लेख गर्दै उनले लगातार चार वर्ष एसिएन करी अवार्ड तथा सन् २०१४ को ब्रिटिश करी अवार्ड पाएको बताए ।
यसवर्ष नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको उपलक्ष्यमा आफूहरुले नेपाली दूताबाससित मिलेर विभिन्न कार्यक्रममा भाग लिइरहेको उनले उल्लेख गरे ।
ग्रुपका निर्देशक यादव भण्डारीले संचालन गरेको कार्यक्रममा ग्रुपका विष्णु अर्याल, जीब पाण्डे, विशाल सापकोटा, राजन खरेल लगायत सहभागी थिए ।
कार्यक्रममा नेपाली साँस्कृतिक कार्यक्रम पनि पेश गरिएको थियो ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त