लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूके र नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा आगामी मे ३१ तारिख आइतवार लन्डनमा च्यारिटी कार्यक्रम हुने भएको छ ।लण्डनको भेन्यू फाईभ पार्टी हलमा गर्न लागिएको उक्त कार्यक्रमको संयोजन एनआरएन यूके कार्यसमिति सदस्य तथा पत्रकार फडिन्द्र भट्टराईले गर्ने भएका छन् । एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेलका अनुसार, एनआरएनए यूकेको यसअघि बसेको बैठकको निर्णयअनुसार कार्यक्रम तय गरिएको हो । कंडेलले गैर आवासीय नेपाली संघले विभिन्न संघ-संस्थासंग सहकार्य गरेको स्मरण गर्दै सो च्यारिटी कार्यक्रमले नेपाली पत्रकारिता जगतलाई टेवा पुगोस् भन्ने हेतुले कार्यक्रम गर्न लागिएको बताए ।
एनआरएनए यूकेको बैठकले कार्यसमिति सदस्य फडिन्द्र भट्टराईको संयोजकत्वमा सल्लाहकार बाचस्पति रेग्मीसमेत रहेको तयारी समिति गठन गरेको थियो । नेपाल पत्रकार महासंघ यूके शाखाको सहकार्यमा सो समितिलाई बिस्तार गरिएको संयोजक भट्टराईले जानकारी दिए । बिस्तारित समितिमा एनआरएनएबाट उपाध्यक्ष कृष्ण तिम्सिना र दासु पाण्डे छन् । समितिको सल्लाहकारमा गैर आवासीय नेपाली संघ यूकेका पूर्व अध्यक्षहरु महन्त श्रेष्ठ, डमर घले, सूर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री, पूर्व महासचिव रामशरण सिम्खडा, पत्रकार महासंघ यूकेका संस्थापक अध्यक्ष नवीन पोखरेल र वरिष्ठ पत्रकार भगीरथ योगी छन् । पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्माले गैर आवासीय नेपाली संघ यूकेको सहकार्यमा हुन लागेको सो च्यारिटी कार्यक्रमलाई सहयोग गर्न बेलायतबासी नेपालीलाई आग्रह गरेका छन् । शर्माले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकार कल्याणकारी कोष स्थापनार्थ च्यारिटी कार्यक्रम गर्न लागिएको जनाए ।
शाखाले पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लन्डनमा च्यारिटी कार्यक्रम गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । गैर आवासीय नेपाली संघ यूके र शाखाको सक्रियतामा गरिएको च्यारिटी कार्यक्रमबाट करिब १६ लाख रुपैयां जम्मा भएको थियो । सो रकमबाट एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक