कञ्चनपुर । जोगबुढा नदीमा आएको बाढीले घरभित्र राखिएको लत्ताकपडासंगै सबै अन्न बगाएर लगेपछि दोधारा–९ कुतियाबरकी मायादेवी सुनारले नदी किनारामा उम्रिएको घांस पकाइ गुजारा चलाउंदै आएकी छिन् ।
छोरा र छोरीसंग बस्दै आएकी उनले अन्नको अभावमा घांस पकाएर खाने गरेकी हुन् । साउन पहिलो साता आएको बाढीका कारण्ँ विस्थापनमा परेकी सुनारले बाढीको पानीले घरभित्रको अन्न बगाएर लगेपछि बिचल्लीमा परेको बताइन् ।
ओढ्ने, बिछयाउने कपडाको अभावमा बालबालिका बिरामी परेपछि घरमा जडान गरेको सोलार प्यानल बेचेर उपचार गर्नुपरेको दुःखेसो उनले पोखिन् ।
श्रीमानले अर्को विवाह गरेपछि मायादेवी छोरा अर्जुन र छोरी आरतीसंग अलग्गै बस्दै आएकी छिन् । बाढीले बिचल्लीमा पारेपछि उनका कÔा ७ मा पढ्दै आएका छोरा विद्यालय छाडेर भारततर्फ मजदुरीका लागि पलायन भएका छन् ।
केही दिन छिमेकीसंग अन्न मागेर गुजारा चलाएकी सुनारले भनिन्, ‘माग्दामाग्दै लाज लागेपछि बाध्य भएर नदी किनारामा उम्रिएको कांडे घांस खान थालेका हौं ।’
घांस खाने बाध्यता आइपर्दा पनि सरकारी निकायबाट कुनै किसिमको राहत सामग्री पाउन नसकेको दुःखेसो सुनारले रुंदै पोखिन् ।
दुई दिनअघि निड्स नामक गैरसरकारी संस्थाले कारितास नेपालको सहयोगमा सुनारलाई २० किलो चामल, दाल, तेल, नुनलगायतको खाद्य सामग्री प्रदान गरेको छ ।
सामग्री पाएपछि सुनारले भनिन्, ‘सरकारले बाढी पीडितलाई वर्Èभरि खान पुग्ने गरी पुनःस्थापन गरे सहज हुने थियो ।’
दोधाराका किशोर सुब्बाले घांस खाने अवस्था आउंदासमेत स्थानीय प्रशासनले बाढीपीडित परिवारको अवस्थाका बारेमा नबुभ्mनु दुःखद् भएको बताए । ‘यसले सिङगो महाकाली पारीका बाढीपीडितको पीडालाई उजागर गरेको छ’, उनले भने ।
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस