हुम्ला । हिमाली क्षेत्रका वातावरण, वन्यजन्तु अध्ययन तथा संरक्षणमा सम्लग्न रिन्जिन फुन्जोक लामाले ‘रोलेक्स कन्जर्भेसन अवार्ड २०२१ ’ प्राप्त गर्नुभएको छ । उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जङ्गली चौँरी लगायत जनावर तथा वातावरण संरक्षणमा समुदायमा आधारित भएर अतुलनीय योगदान पुर्याए वापत् उहाँलाई सो पुरस्कार अर्पण गरिएको जनाइएको छ । वातावरण तथा वन्यजन्तु संरक्षणको अभियान्ता समेत रहनुभएका उहाँ सातवर्षदेखि सो क्षेत्रमा अध्ययनरत समेत हुनुहुन्छ ।
‘अन्तरराष्ट्रिय प्रकृति संरक्षण ’विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएका उहाँले गत वर्ष विश्व वन्यजन्तु कोषद्वारा स्थापित ‘नेपाल कन्जर्भेसन अवार्ड’ प्राप्त गर्नुभएको थियो । नेपाल तर्फबाट लामा सहित विभिन्न देशका अन्य पाँचजना सो पुरस्कारमा छनौटमा पर्नुभएको रोलेक्सद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।
चार दशकदेखि संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्वभरका उत्कृष्ट व्यक्तित्व छनौट गरी सो पुरस्कार अर्पण गर्दै आइएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि जनचेतना अभियान र स्थानीय महिलाको सहभागिताका लागि लामाले विशेष काम गर्दै आइरहनुभएको छ । ”
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार