सियोल। उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नु भएको छ ।
उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गर्नु भएको हो ।
उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम यतिबेला सियोलमा हुनुहुन्छ । खासगरी, उत्तर कोरियाली आणविक कार्यक्रम र अमेरिकी अग्रसरतामा उत्तर कोरियामाथि लागेका प्रतिबन्धका बारेमा वार्ताहरु केन्द्रित भएका छन् ।
गत साता प्योङयाङमा आयोजित उत्तर कोरियाली राजनीतिक सम्मेलनमा नेता किम जङ अनले देशको अर्थतन्त्रमा सुधार ल्याउन सुदृढ प्रयास थाल्न आह्वान गर्नु भएको थियो ।
अमेरिकी अग्रसरतामा लागेका प्रतिबन्धका कारण सङ्कट व्यहोरिरहेको उत्तर कोरियाको अर्थतन्त्र कोरोनाभाइरस महामारीका कारण गरिएको सीमाबन्दी र खाद्यान्न अभावले अझ सङ्कटमा परेको छ ।
अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेताका टिप्पणीलाई आफूहरुले “नोट” गरेको बताउँदै वार्ताका लागि गरिएको आग्रहलाई उत्तर कोरियाले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नुभयो ।
दक्षिण कोरियाली र जापानी आणविक निशस्त्र सम्बन्धी कुटनीतिज्ञसँगको भेटवार्तापछि किमले भन्नुभयो, “हामीहरुले वार्ताका लागि कुनै पूर्वशर्त राखेका छैनौं । हामीहरु कुनै पनि ठाउँमा, कुनै पनि समयमा वार्ताका लागि तयार छौं ।”
दक्षिण कोरियाली विदेश मन्त्रालयले तीनै देशका वरिष्ट अधिकारीहरुले सामूहिक रुपमा उत्तर कोरियालाई वार्ताका लागि सन्देश दिएको जनाएको छ ।
उत्तर कोरियाली नेता किम जङ अन र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा वार्ता भङ्ग भएयता ठोस वार्ता भएका छैनन् । उक्त वार्ताहरुमा नेता किमले आफ्नो देशमाथि लागेका अधिकांश प्रतिबन्धहरु फुकुवा हुने आशा गरे पनि त्यसलाई अमेरिकाले अस्वीकार गरिदिएको थियो ।
दक्षिण कोरियाले अन्तर–कोरियाली संयन्त्रलाई पुनः सक्रिय बनाउन कुटनीतिक पहल सार्थक हुने विश्वास गरिरहेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले पूर्व राष्ट्रपति ट्रम्पको झैं सोझै वार्ताको साटो मध्यवर्ती विधिमा जोड दिएको छ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित