काठमाडौँ । सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज समाचार सङ्कलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएको हुँदा पत्रकारलाई खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, “पत्रकारहरूको पेशागत प्रकृति र जनसमुदाय वा समूहमा पुग्नपर्ने वा जनसम्पर्कमा पुग्नुपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकता प्रदान गर्नू ।”
आदेशमा पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिडविरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनु भनिएको छ ।
अर्थसंसार डटकमका प्रधानसम्पादक तथा अधिवक्ता लिलानाथ घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अग्रपंक्तिमा खटिने पत्रकारलाई प्राथमिकतामा खोप दिने व्यवस्थाका लागि आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही निवेदनमाथिको सुनुवाइबाट सो आदेश जारी भएको हो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार