लण्डन । गैरआवासीय नेपाली संघ युकेको पहलमा बेलायतका नेपालीहरुद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको १५० थान अक्सिजन कन्सन्ट्रेटर मेसिन आज नेपाल पुग्ने भएको छ ।
संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार ती मेसिनहरु चीनबाट खरिद गरिएका छन् र ती मेसिनहरुको भन्सार प्रक्रिया पूरा भइसकेको र आजै नेपाल एयर लाइन्समार्फत नेपाल पुग्ने छ ।
एनआरएनए युकेले बेलायतस्थित नेपाली दुताबाससित समन्वय गरी बेलायतस्थित नेपाली संघसंस्था र व्यक्तिहरुबाट ती मेसिन किन्नका लागि सहयोग संकलन गरेको थियो । जसमा करिब २ करोड ५० लाख नेपाली रुपियाँ बढीको सहयोग संकलन भएको थियो ।
नेपाल पुग्नासाथ ती मेसिनहरु हस्तान्तरण गरिने र अस्पतालहरुमा एक/दुई दिनभित्रैमा पुग्ने विश्वास एनआरएनए युकेले लिएको छ ।
एनआरएनए युकेले नेपालमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि ‘अक्सिजन पठाउँ नेपालीको ज्यान बचाउँ’ अभियान शुरु गरेको थियो । सो अभियानमा सहभागी सबैलाई एनआरएनए युकेले आभार प्रकट गरेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम