लण्डन । गैरआवासीय नेपाली संघ युकेको पहलमा बेलायतका नेपालीहरुद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको १५० थान अक्सिजन कन्सन्ट्रेटर मेसिन आज नेपाल पुग्ने भएको छ ।
संघका महासचिव फडिन्द्र भट्टराईका अनुसार ती मेसिनहरु चीनबाट खरिद गरिएका छन् र ती मेसिनहरुको भन्सार प्रक्रिया पूरा भइसकेको र आजै नेपाल एयर लाइन्समार्फत नेपाल पुग्ने छ ।
एनआरएनए युकेले बेलायतस्थित नेपाली दुताबाससित समन्वय गरी बेलायतस्थित नेपाली संघसंस्था र व्यक्तिहरुबाट ती मेसिन किन्नका लागि सहयोग संकलन गरेको थियो । जसमा करिब २ करोड ५० लाख नेपाली रुपियाँ बढीको सहयोग संकलन भएको थियो ।
नेपाल पुग्नासाथ ती मेसिनहरु हस्तान्तरण गरिने र अस्पतालहरुमा एक/दुई दिनभित्रैमा पुग्ने विश्वास एनआरएनए युकेले लिएको छ ।
एनआरएनए युकेले नेपालमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि ‘अक्सिजन पठाउँ नेपालीको ज्यान बचाउँ’ अभियान शुरु गरेको थियो । सो अभियानमा सहभागी सबैलाई एनआरएनए युकेले आभार प्रकट गरेको छ ।
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र